अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को ट्रेलरले राख्यो रेकर्ड

अक्षय कुमार र कियारा आडवाणी अभिनित लक्ष्मी बमको ट्रेलर सार्वजनिक भइसकेको  छ । यो हरर कमेडीमा एक तेस्रोलिङ्गी व्यक्तिको आत्मा बदला लिनका लागि अक्षयको भूमिकालाई वशमा पारेको देख्न सकिन्छ । ट्रेलरमा कमेडीका साथै ड्रामा पनि छ जसले मानिसहरुलाई निकै प्रभावित पारेको छ । लक्ष्मी बम भारतमा २४ घण्टाभित्र ७ करोड बढी भ्यूसहित सबैभन्दा धेरै हेरिएको फिल्मको ट्रेलर बन्न सफल भयो ।

लक्ष्मी बमको ट्रेलर अक्षय कुमारले पनि आफ्नो ट्वीटर ह्यान्डलबाट सेयर गरेका छन् । यसलाई सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘जहाँ हुनुहुन्छ, त्यहिँ बस्नुहोस् र लक्ष्मी बमको ट्रेलर हेर्न तयार हुनुहोस् किनभने लक्ष्मी वर्षन आइरहेकी छिन् ।’

हेर्नुहोस् लक्ष्मी बमको ट्रेलरः

Leave a Reply

Your email address will not be published. Required fields are marked *