उपत्यकामा १४१६ सहित देशभर २०७१ संक्रमित थपिए, मृतकको स‌ंख्या ६३६ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए । 
उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १४१६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा संक्रमण पुष्टि भएको छ। 

यससँगै कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । आज थप २२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यी सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *