फाइनान्सबाहेक अरु सबै उपसमूहको परिसूचक घट्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ०.८४ प्रतिशत घटेको छ। कारोबारमा आएको फाइनान्स उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेसँगै समग्र नेप्से घट्न पुगेको हो ।
आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये फाइनान्स उपसमूहको परिसूचक २.०८ प्रतिशत बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये होटल उपसमूहको परिसूचक सर्वाधिक २.१४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा आइतबार नेपाल लाइफ इन्स्योरेन्स र अपि पावर कम्पनी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। यस दिन यी दुबै कम्पनीहरुको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यस दिन नेप्से परिसूचक १३.३७ प्रतिशत घटेर १५७६.२७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स यस दिन ३.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक घटेको छ। यस दिन १९३ कम्पनीको २ अर्ब ३९ करोड ५४ लाख ३२ हजार रुपैयाँ बराबरको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *