सिद्धार्थ राजमार्ग मर्मत सुरू, विहिबारसम्म दैनिक तीन घण्टा बन्द

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड आजबाट दैनिक तीन घण्टा बन्द गरिएको छ । वर्षायाममा बिभिन्न स्थानमा झरेको पहिरो हटाउन आजबाट चार दिनसम्म सडक बन्द गरिएको हो ।

सडक बन्द गरेर पहिरो हटाउने काम हुने भएकाले आजबाट दैनिक तीन घण्टासम्म सबैखाले सवारी साधन चल्न नपाउने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आउँदो बिहीबारसम्म बुटवलको चिडियाखोलादेखि बर्तुङसम्म बिहान ६ बजेदेखि ९ बजेसम्म सडक बन्द गरिने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *