राजस्थानको तेस्रो जीत, हैदरावाद ५ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तेस्रो जीत हात पारेको छ । 

युएईमा जारी १३ औं संस्करणको आईपीएल क्रिकेटमा राजस्थानले सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको हो । 

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा हैदराबादले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो । 

राजस्थानको जितमा राहुल टेवाटिया र रियान परागले उत्कृष्ट प्रदर्शन गरे ।

जितसँगै राजस्थानले ७ खेलमा ६ अंक जोडेको छ । राजस्थान तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

हैदराबादले भने ७ खेलमध्ये चार खेलमा हार र ३ खेलमा जितसहित ६ अंक जो जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *