३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँ उपत्यकामा २१२९ जना

पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना १५ हजार ५७७ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा थप २ हजार १२९ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ गरी कुल २ हजार १२९ जनामा संक्रमण पुष्टि भएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *