क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि
पोर्चुगलका कप्तान तथा युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पोर्चुगल फुटबल फेडेरेसन (एफपीएफ)ले ३५ वर्षीय फरवार्डलाई कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा नतिजा पोजिटिभ आएको घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय खेलका लागि पोर्चुगलको टोलीमा रहेका रोनाल्डो अहिले सेल्फ-आइसोलेसनमा बसेका छन्। र, उनलाई हालसम्म कुनै पनि लक्षण नदेखिएको एफपीएफले बताएको छ।