कात्तिक १ देखि शक्तिपिठहरू खुल्ने

कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपिठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।

काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुल्ने भएका हुन्।

दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरू बताउँछन्।

अन्य क्षेत्रलाई खुला गरिए पनि मन्दिरमा धेरै भीड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुला गर्ने निर्णय गरिसकेको छैन। तर अधिकांश मन्दिरहरू कात्तिक १ गतेदेखि सीमित रूपमा भए पनि खुला गर्ने तयारीमा जुटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *