नवनियुक्त मन्त्रीहरुको सपथग्रहण बिहीबार

नवनियुक्त मन्त्रीहरुको बिहीबार सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार बिहीबार सपथग्रहण गर्नेगरी तयारी थालिएको छ ।

सपथ ग्रहण बिहान ११ः३० मा हुने जनाइएको छ ।
मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् ।

नेपाल कम्युनिट पार्टी (नेकपा) का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्ति गरेकी हुन् । यस्तै कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्रालयको जिम्वारी दिइएको छ भने लिलानाथ श्रेष्ठले महिला बालबालिकामन्त्रालय सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *