दिल्ली शीर्ष स्थानमा, राजस्थान रोयल्सलाई १३ रनले पराजित
बुधबार राती सम्पन्न आइपिएलको ३० औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो । १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनायो ।
राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा २९ रन आवश्यक रहेको थियो । १८ औं ओभरमा एनरिच नोर्टजेले एक विकेट लिदै ४ रन खर्चेका थिए । १९ औं ओभरमा कागिसो रबाडाले तीन रन खर्चेर १ विकेट लिएपछि नतिजा दिल्लीको पक्षमा गएको थियो । अन्तिम ओभरमा राजस्थानलाई २२ रन चाहिँएको थियो । डेब्यु खेल खेलि रहेका तुषारदेशपान्डेले एक विकेट लिदै ८ रन खर्चिदै रोमाञ्चक जित पक्का गराए ।
यो जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । नेट रन रेटको आधारमा मुम्बई शीर्ष र बेंगलोर तेस्रो स्थानमा छन् । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ।
सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।
अब दिल्लीले आफ्नो नवौं खेल आगमी शनिवार चेन्नई सुपर किंग्ससँग शारजाहमा खेल्ने छ । राजस्थानले आफ्नो नवौं खेल शनिवारनै रोयल च्यलोन्जर्स बेंगलोरसँग खेल्ने छ ।