ग्यास पड्किएर आगलागी, ११ जना घाइते २ को अवस्था गम्भिर

राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार घटनामा  ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिए ।

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

ग्यास विस्फोटपछि भएको आगलागी दमकलको सहायताले निभाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *