बानेश्वरमा सुरक्षा गार्डमाथि दिउसै खुकुरी प्रहार

काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।

बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् ।

सुरक्षा गार्डको हातमा चोट लागेको छ । घाइते गुरुङको काठमाडौँ मेडिकल कलेजमा

 

उपचार भइरहेको  छ भने  खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बनेश्वरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *