स्याङ्जालीलाई दशैंमा घर जान दुई सर्त

दसैंको मुखमा स्याङ्जा प्रशासनले जिल्ला प्रवेशमा कडाइ गरेको छ।

‘गाउँमा महामारी फैलाउन त पाइएन नि’, उनले भने, ‘कि पिसिआर रिपोर्ट चाहियो, कि क्वारेन्टिनमा बस्न तयार भएर जिल्ला भित्रनुपर्‍यो।’

स्याङजा 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले जारी गरेको आदेशमा  कार्तिक १ गतेदेखि जिल्ला प्रवेशमा ७२ घण्टाको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भनेको छ। पिसिआर रिपोर्ट दिन नसक्नेले क्वारेन्टिनमा बसेर मात्र घर जान पाउने छन् ।

आदेशको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ।

कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै दसैं, तिहार, छठ जस्ता चाडपर्वमा नागरिक आवागमनलाई नियन्त्रण गर्न उक्त आदेश जारी गरेको स्याङ्जा प्रशासनले जनाएको छ।

प्रशासनले आदेश जारी गरेपछि प्रहरीले स्याङ्जा छिर्ने नाकामा कडाइ गर्न थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *