डिसेम्बर १५ बाट बन्द हुँदै याहु ग्रुप
बहुप्रतिष्ठित बहुराष्ट्रिय कम्पनी याहुले आफ्ना सेवाहरु आगामी डिसेम्बर १५ बाट बन्द गर्ने घोषणा गरेको छ। वेब पोर्टल, सर्च इन्जिन, इमेल, समाचारलगात इन्टरनेटमा आधारित सेवाहरु दिँदै आएको याहु ग्रुपले आफ्ना प्रयोगकर्ताहरु पछिल्लो सयम निक्कै घटेका कारण कम्पनी बन्द गर्न लागिएको जनाएको छ। यो कम्पनीले मंगलबार आफ्नो वेभसाइटमा सार्वजनिक सुचना राख्दै कम्पनी बन्दको घोषणा गरेको हो। सन् २००१ मा स्थापना भएको याहु ग्रुपले सर्च इन्जिन र मेलिङ प्लेटफर्मका रुपमा गुगल ग्रुपको जिमेल, च्याटिङ र सामाजिक संजालका रुपमा फेसबुक ग्रुप र न्युज प्लेटफर्मका रुपमा रेडडिटसँग एकसाथ प्रतिस्पर्धा गर्नुपर्यो। जसका कारण पछिल्लो केही वर्षयता याहुका प्रयोगकर्ता निक्कै घटेका थिए।
याहुमार्फत् अब नयाँ ग्रुपहरु बनाउन र इमेल आदान प्रदान गर्न सकिने छैन। यद्यपि यसअघि याहु मेलमार्फत् प्राप्त गरिएका र पठाएका मेलहरु भने सुरक्षित रहने कम्पनीले उल्लेख गरेको छ।
सन् १९९४ मा स्ट्यानफोर्ड विश्वविद्यालयका दुईजना विद्यार्थी जेरी यांग तथा डेभिड फिलो मिलेर याहु कम्पनीको स्थापना गरेका थिए। यद्यपि याहुलाई सुरुमा वर्ल्डवाइड वेबमा जेरी तथा डेभिडको गाइडको रुपमा चिनिन्थ्यो। सर्च इन्जिन, सामाजिक संजाल र इमेल सेवा भने सन् २००१ मा मात्रै शुरु भएको थियो। सन् २००० मा याहुको सेयर मूल्य उच्च रहेका बेला उसको कुल बजार पूँजीकरण १ खर्ब २५ अर्ब डलर बराबर थियो।