२४ घण्टामा ४ हजार ३९२ कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै २४०२, थप २१ संक्रमितको मृत्यु

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३३६ र होम आइसोलेशनमा  २५ हजार ४६ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले शुक्रबारको नियमितप्रेस ब्रिफिङमा जानकारी दिए ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *