३० जना कर्मचारीमा संक्रमण भएपछि विद्युत प्राधिकरण बन्द

विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्र शुक्रबारदेखि अनिश्चित कालका लागि बन्द भएको छ। सार्वजनिक सूचना नै जारी गरेर कार्यालयबाट प्रवाह हुँदै आएको सेवासहित प्राधिकरण बन्द गरिएको हो।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्नु परेको केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए। उनका अनुसार बुधबार र बिहीबार ३० कर्मचारीको रिपोर्ट पोजिटिभ आएको छ।

सिंहले वितरण केन्द्रको महसुल काउण्टर, प्रशासनिक काम कारबाही र नयाँ ग्राहक वितरण बन्द गरिएको जानकारी दिए। बिहीबारसम्म प्राधिकरणमा महसुल तिर्न जाने र नयाँ मिटर जडान गर्न जाने सेवाग्राहीको भीड लाग्ने गरेको थियो।

उनका अनुसार प्रशासन र प्राविधिक दुवै तर्फका कर्मचारीमा संक्रमण देखिएको छ। प्राधिकरणको विराटनगर वितरण केन्द्रमा स्थायी र करार गरेर एक सय ८० कर्मचारी छन्। १०० जनाको परीक्षण गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *