म्यानचेस्टर युनाइटेडको शानदार जित, न्यूक्यासल युनाइेटड ४–१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ ।

यो सिजन खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले शनिबार राति अवे मैदानमा भएको खेलमा भने प्रभावशाली जित निकालेको हो । उसले न्यूक्यासल युनाइेटडलाई ४–१ ले पराजित गरेको हो ।

खेलको दोस्रो मिनेटमा नै म्यानचेस्टरका ल्यूक शले आत्मघाती गोल गरेर न्यूक्यासललाई अग्रता दिलाए । २३ औँ मिनेटमा ह्यारी मागुइरीले म्यानचेस्टरका लागि बराबरी गोल गरे ।

त्यसपछि खेलको अन्तिम समयमा क्लबले थप तीन गोल गरेको हो । ८६ औँ मिनेटमा ब्रूनो फेर्नान्डेसले गोल गरी अग्रता दिलाए ।

९० औँ मिनेटमा वान–बिसाका र इन्जुरी समयको छैटौँ अर्थात ९६ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरी टिमलाई ४–१ को जित दिलाएका हुन् । जितपछि चार खेलबाट ६ अंक जोडेको म्यानचेस्टर युनाइटेड १४ औँ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *