दशैंमा तीन दिन पिसिआर परीक्षण नहुने

काठमाडौं । आगामी कार्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नहुने भएको छ । बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन कोरोना पिसिआर परीक्षण नहुने भएको हो । आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् ।

उनले ती ३ दिन देशभार नयाँ पिसिआर परीक्षण हुँदै आएका प्रयोगशालमा पिसिआर परीक्षण नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *