दशैँमा पनि सुनसान बसपार्क
नेपालीको महान् पर्व दशैँ शुरु भए पनि विगतका वर्षमा जस्तै चाडवाड मनाउन घर जाने यात्रु नहुँदा बसपार्क सुनसान बनेका छन् ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण छ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि यात्रु नहुँदा बसपार्क सुनसान बनेका हुन् ।
कोभिड–१९ को सङ्क्रमणका कारण यस वर्ष घर जाने यात्रुमा उत्साह छैन ।
विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक एक हजार हाराहारीमा सार्वजनिक यातायात नयाँ बसपार्कबाट बाहिरिने गरे पनि अहिले भने दैनिक २०० सवारी साधन बाहिरिँदै आएका छन् ।