२४ घण्टामा थपिए ३७९० कोरोना संक्रमित, उपत्यकामा मात्रै २३८८ जना, १८ को मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी जम्मा २३८८ जना संक्रमित थपिएका छन् ।
नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७८रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।