चेन्नई सुपर किंग्स ७ विकेटले पराजित, राजस्थान रोयल्स विजयी

राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चौंथो जित निकालेको छ ।

अबुधाबीमा सोमबार राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा जोस बट्लरले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे ।

जारी आइपिएलमा चेन्नईको यो सातौं हार हो । योसँगै चेन्नई आइपिएलमा पहिलो पटक लिग चरणबाट बाहिरिने डर बढ्दै गएको छ । चेन्नई अव प्ले अफमा पुग्न बाँकी चार खेल फराकिलो अन्तरले विजयी भएरमात्र हुँदैन अन्य नतिजा पनि आफू अनुकुल आउनु पर्नेहुन्छ । राजस्थानले चौथो जित निकाल्दै झिनो आशा कायमै गरेको छ । चेन्नईले अब शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । राजस्थानले बिहिबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

हालसम्म दिल्ली क्यापिटल्स ९ खेलमा ७ मा जित र २ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित पाँचौ स्थानमा उक्लिएको छ ।

सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *