७ देखि ५ दिन सबै बैंकका शाखा बन्द हुने

दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपटक दशैको विदामा पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका छन्  । कात्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको छ । बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने सुचारु रहने संघले जनाएको छ ।
वाणिज्य बैंकका कर्मचारीहरुमा पनि कोरोना संक्रमणको दर दिनप्रतिदिन बढ्दै गएको र  ३ हजार ७ सय भन्दा धेरै कर्मचारी संक्रमित भएकाले  संक्रमणबाट बच्न जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङको प्रयोगमाजोड दिन संघले अनुरोध समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *