बार्सिलोनाद्वररा फेरेन्कभारोसको ५-१ ले पराजित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले विजयी सुरुवात गरेको छ । १० खेलाडीमा सीमित बार्सिलोनाले फेरेन्कभारोसलाई ५-१ ले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको एक मिनेट समय बाँकी रहँदा बार्सिलोनाले पाँचौ गोल थप्यो । कप्तान मेस्सीको पासमा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ४ गोलले अगाडी बढाए । थप समयमा दुवै तर्फबाट गोल नहुँदा खेल ५-१ मा सकियो ।

मंगलबारै च्याम्पियन युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगको पहिलो खेलमा विजयी सुरुवात गरेको थियो । पाहुना टोली युभेन्ट्सले २-० को जित दर्ता गरको हो ।

मंगलबार नै भएको अर्को खेलमा क्लब ब्रुगले जेनिट सेन्ट पिटर्सबर्गको मैदानमा २-१ को जित दर्ता गर्यो । इम्यानुएल डेनिसले ६३ औं मिनेटमा ब्रुगलाई अग्रता दिलाएअनि इथान होर्भाथको आत्मघाती गोलमा खेल बराबरीमा आएको थियो । दोस्रो हाफको अन्तिम समयमा चार्ल्स दे केतेलारले गोल गर्दै पाहुना टोलीको जित पक्का गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *