तीन दिन पछि आज बढ्यो सुनको भाउ

दशैं लागेपछि सुन तथा चाँदीको भाउमा वृद्धि भएको हो । नेपालीहको चाडवाडको समयमा सुन तथा चाँदीको गरगहना जोड्ने गरेका छन् । यसले पनि मूल्य वृद्धिलाई सघाउ पुर्याउने गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८०० रुपैयाँले बढेको छ । यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले वृद्धि भएको छ ।

महासंघले बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९५ हजार ५०० रुपैयाँ, तेजावी सुनको ९५ हजार रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २४० रुपैयाँ तोकेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ८७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८१ हजार ४४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।

नेपालमा सुनको मूल्य अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिलाई आधार मानेर सुनचाँदी व्यवसायी महासंघले निर्धारण गर्ने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *