राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरीको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नु भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गर्नु भएको हो।  नेपाल सरकारले मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण गरेको हो।

यसअघि असोज १५ गते रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *