निषेधाज्ञा उल्लंघन, खलंगामा सेना परिचालन

दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा उल्लंघन हुन थालेपछि प्रशासनले सेना परिचालन गरेको छ।

सदरमुकाम खलंगामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले चरणवद्ध रूपमा निषेधाज्ञा जारी गरिरहेको थियो।

खलंगा बजारको एक ठाउँमा तीन सातादेखि निषेधाज्ञा छ। अर्को ठाउँमा पनि संक्रमण बढेपछि सातायता निषेधाज्ञा जारी गरिएको छ। खलंगा बजारमा करिब सय जनामा कोरोना संक्रमण छ। जिल्लामा अढाइ सय संख्यामा कोरोना संक्रमित छन्। मानिसहरुले निषेधाज्ञाको उलंघन गरी  हिँडडुल गर्ने, पसल खोल्ने तथा सामाजिक दुरी कायम नगरी भीडभाड कायम गर्न थालेपछि सेना परिचालन गिरएको  प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *