विराटनगरको कोशी अस्पतालमा एकसाता कोरोना परीक्षण बन्द ।
कोराना भाइरस संक्रमणका कारण प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले नयाँ स्वाब परीक्षण केही दिनका लागि स्थगित गरेको छ । त्यसैगरी विराटनगर महानगरपालिकाले कोशी अस्पतालको दशैँ विदाका कारण एकसाताका लागि स्वाब संकलन कार्य रोकेको छ ।
यससँगै कोरोना परीक्षण सेवा प्रभावित हुने भएको छ । अर्कोतर्फ सर्वसाधारणलाई निजी अस्पतालमा कोरोना परीक्षण गराउन बाध्य हुने देखिएको छ ।