फिफा वरीयतामा नेपाल यथावत्

विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा नेपालको स्थान यथावत् छ। कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरीयतामा फेरबदल नभएको हो।

फिफाले आज जारी गरेको वरीयतामा नेपाल १७०औँ स्थानमा कायमै छ। फिफाले यसअघि वरीयताको सूची जारी गर्दा पनि नेपाल उही स्थानमा थियो।

कोरोनाका कारण गत वर्ष चैतयता फुटबल प्रतियोगिता हुन पाएको छैन। नेपालले आउँदो महिना भने बङ्‍गलादेशसित दुई मैत्रीपूर्ण खेल खेल्दै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *