मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत, दशैं लगत्तै मन्त्री परिषद पुर्नगठन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । अविश्वासको प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत भयो ।

यसअघि नेकपाकै नेता यामलाल कँडेलसहितका प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए, जसमा पूर्वमाओवादी खेमाका ३ र माधव नेपाल पक्षमा ७ सांसदको समेत हस्ताक्षर थियो ।

कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदीय दलमा आउनासाथ मुख्यमन्त्री शाहीले ओली पक्षका प्रमुख सचेतक गुलाबजंग शाहलाई संसदीय दलको नेताबाट हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतक बनाएका थिए ।

दशैंलगत्तै मन्त्रिपरिषद पुर्नगठन हुने भएको छ । ज्वाला पक्षका तीन जना मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री शाहीले दशैंका कारण मन्त्री नियुक्त गर्न ढिलाई हुने बताउँदै ज्वाला पक्षसँग दशैं लगत्तै मन्त्री परिषद पुर्नगठन गर्ने लिखित सम्झौता गरेको श्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *