करेन्ट लागेर एक जनाको मृत्यु

पानी तान्ने मोटरबाट करेन्ट लागेर चन्द्रागिरी नगरपालिकामा  एक जनाको मृत्यु भएको छ।

 

चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ३ माटिखेल बस्ने रोल्पा लिबाङ घर भएका ७० वर्षीय दल बहादुर पुनको करेन्ट लागेर  मृत्यु भएको प्रहरीले जनाएको छ।

घरनजिकैको खोलातर्फ जाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *