देवेन्द्र नेपालको निर्देशन रहेको ‘परदेशी आयो’ सार्वजनिक

विपिन कार्की अभिनित प्रकाश सापकोटाको शब्द तथा सुवास भुषालको संगित रहेको नयाँ गीत ‘प्रदेशी आयो कोसेली ल्यायो’ सार्वजनिक भएको छ । केतन क्षेत्रीको आवाज रहेको यस गीतमा वाध्यताले विदेशिएका नेपाली श्रमिकहरूको कथा समेटीएको छ । यस गीतले विदेशमा अति संघर्ष गरेर पनि जिविकोपार्जन गर्न कठीन भएको तर आफ्नै मातृभूमीमा स-सानो व्यवसाय, खेती किसानी गरेर पनि सपरिवार हाँसी खुसी रहन सकिने सन्देश दिन खोजेको छ ।

निर्देशक नेपालले यस गीतको मर्मलाई जीवन दिएका छन् । यो गीत हेर्दा र सुन्दा लाग्छ यो गीतले नेपालको वर्तमान अवस्था  र अधिकांश नेपालीको जीवन भोगाइको यथार्थ चित्रण गरेको छ ।

यस गीतमा मुख्य पात्र विपिन कार्की रहेका छन् भने शुरविर पण्डित, शर्मिला शर्मा, कविता न्यौपाने, प्रतिक नेपाल र प्रनय नेपाल लगायतको अभिनय देख्न सकिन्छ ।

यस गीतको छायांकन केही भाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको छ भने अधिकांश भाग मकवानपुर जिल्लाको थाहाँ नगरपालिका स्थित चित्लाङमा गरिएको छ । चित्लाङ काठमाडौबाट २० किलोमिटर दक्षिण पश्चिममा रहेको नेपालको अति सुन्दर पर्यटकीय गन्तव्य स्थल हो । चित्लाङको गाउँले परिवेश र रमणिय दृश्यले गीतको भावलाई साच्चीकै न्याय गरेको छ ।

 

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *