ललितपुरमा सवारी दुर्घटना, एकजनाको मृत्यु
ललितपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
ललितपुरको नख्खुमा बा ८ च १५८१ नम्बरको कारले को २९ प ५०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलका चालक सिरहा घर भइ ललितपुरको थकसीखेल बस्ने २८ वर्षीय इलु घलेको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै मोटरसाइकलको पछाडि बसेका मकवानपुर हात्तीसुढे घर भइ ललितपुरको जावलाखेल बस्ने २१ वर्षीय सजित परियार घाइते भएका छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।