रअ प्रमुखसँग प्रधानमन्त्रीको वार्ता कूटनीतिक मर्यादाविपरीतः नेकपा प्रवक्ता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कूटनीतिक मर्यादाविपरीत भएको भेटप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रवक्ता श्रेष्ठले विदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मूल्य र आचारसँहिता विपरीतको यस्तो भेट किन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

सामाजिक संजाल फेसबुक मार्फत श्रेष्ठले आपत्ति जनाएका हुन् ।

 

प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *