सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको निधन
विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ।
७८ वर्षका लीको निधन भएको सामसुङले एक विज्ञप्ती जारी गर्दै बताएको छ। विज्ञप्तीमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ।
लीका श्रीमती, दुई छोरी र एक छोरा छन्। स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो।
सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन जिडिपीको पाँच भागको एक भाग बराबर रहेको मानिन्छ।