सभापतिमा लड्ने अर्जुननरसिंह केसीको घोषणा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आफू १४औं महाधिवेशनमा पार्टीको सभापतिको लागि बलियो उम्मेद्धवार भएको स्पष्ट पार्दै उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू सभापतिको लागि उम्मेद्धवार रहेको सुनाए । उनले भने, ‘अहिले व्यक्ति होईन, विचारलाई प्राथमिकता दिनुपर्छ ।’ अहिले मुलुकमा व्याप्त भ्रष्टाचार काण्डबारे छानबिन गर्नुपर्छ भनेर अबको सभापति बन्नेले एजेण्डा बनाउनुपर्ने र आफूले यो एजेण्डा बोक्ने उनले सुनाए । उनले आफूले कोहीभन्दा पनि कमजोर नठानेको बताए ।

उनले पार्टीको केन्द्रीय समितिको बैठक दशैंको समाप्तीपछि बस्ने सुनाए । केसीले पार्टीको १४औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर आफूहरुले आवाज उठाईरहेको सुनाए । उनले भने, ‘हामी चुक्ने कुरा नै भएन । गत चुनावमा लज्जास्पद हार व्यहोरौं । तोकिएको मितिमा अधिवेशन गराउँ भन्ने हाम्रो निरन्तर प्रयत्न भयो । अधिवेशन हामीले भनेर हुने कुरा पनि थिएन । सभापतिले हाम्रो कुरा सुन्नुभएन । हरेकले सारेर गएका छन भने मैले किन नसार्ने ? भनेर उहाँले गलत काम गर्नुभयो । एक वर्ष सर्यो पनि । अहिले त कोरोना भाइरसले सम्पूर्ण राष्ट्र नै आतंकित छ । महाधिवेशनको लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि संस्थापन पक्ष गम्भीर भएन । महाधिवेशनको तयारी गर्ने हो । तर, भएन । दस्तावेज लेख्ने काम पनि भएन ।’ भन्दै असन्तुष्टि जनाउनु भयो  । उहाँले सबैले आफूले आँफैलाई विश्लेषण गर्न आग्रह पनि गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *