२४ घण्टामा २८५६ कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए १,५३५
नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।