विजया दशमीको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ ।

 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ ।

यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।  ‘शास्त्रमा ‘वैदित्रो पुत्र नासस्य, चित्राया धन नाशनम्’ भनिएको छ । यसैको दोष निवारणको लागि देवी विसर्जनको ८ मिनेटमा नै टीकाको साइत जुराइएको हो ।  देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटको लागि तोकेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *