चेन्नई सुपर किङ्सद्वारा रोयल च्यालेन्जर्स बैंगलोर ८ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। बैंगलोरका लागि कप्तान विराट कोहलीले ५०, एबी डी भिलियर्सले ३९, देवदत्त पाटिकल २२ र आरोन फिन्चले १५ रन जोडेका थिए।

बलिङतर्फ चेन्नईका साम करनले तीन, दीपक चाहरले दुई र मिचेल सान्टनरले एक विकेट लिएका थिए।

१ सय ४६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर चार बलमा लक्ष्य पूरा गरेको हो। चेन्नईका रुतुराज गइक्वाडले ६५ अम्बाती रायडुले ३९, फाप डु प्लेसिसले २५ र महेन्द्रसिंह धोनीले १९ रन बनाए।

बैंगलोरका युवेन्द्र चाहल र क्रिस मोरिसले एक–एक विकेट लिएपनि त्यो जितका लागि पर्याप्त हुन सकेनन्।

जितसँगै चेन्नईले बैंगलोरसँग अघिल्लो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस अघिको भेटमा बैंगलोरले चेन्नईलाई ३७ रनले हराएको थियो ।

चेन्नईले १२ खेलमा ८ अंक जोडेको छ । र, चेन्नई सातौं स्थानमा उक्लिएको छ ।

बैंगलोर भने शीर्ष स्थानमा उक्लन असफल भएको छ । बैंगलोरले ११ खेलमा १४ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *