‘भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले प्रधानमन्त्रीलाई मात्र भेटेका होइनन्’ भारतीय संचार माध्यम

भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलले एक दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहित दर्जन नेताहरुलाई भेटेको खुलासा भएको छ। गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको कुरा आलोचित बनेकै बेला नेकपा सहित अन्य राजनीतिक दलका शिर्ष नेताहरुलाई समेत गोयलले भेटेको खुलासा भएको हो।

भारतमा लोकप्रिय मानिएको संचार मध्यम जनसत्ताले उल्लेख गरेको छ । गोयल र उनको टिमले २४ घण्टाको नेपाल बसाईको क्रममा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई,  जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुलाई भेटेको उल्लेख गरेको छ।

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पुष्टि गरेका छन्। तर अन्य नेताहरुले भने गोयलसँगको भेटको बारेमा कहीं कतै कसैलाई जानकारी गराएनन्। बरु उल्टै नेकपाका अर्का अध्यक्ष प्रचण्ड, पुर्व प्रधानमन्त्री झलनाथ खनाल, माधव नेपाल, पुर्व उपप्रधानमन्त्री भिम रावल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले गोयलले प्रधानमन्त्रीलाई भेटेको विषयमा आपत्ति जनाउदै प्रधानमन्त्री ओलीको बिरोध गरेका थिए। प्रधानमन्त्री ओली बाहेकका अन्य नेताहरुले रअ प्रमुखसँगको भेटलाई किन लुकाए भन्ने प्रश्न उब्जिएको छ।

भारतीय संचार माध्यमले लेखेको समाचार हेर्न तलको लिंकमा क्लिक गर्नुहोला .

भारतीय पत्रिका जनसत्तामा लेखेको समचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *