५ दिनदेखि बन्द बैंक र शेयर कारोबार आजबाट सुचारू

५ दिनदेखि बन्द बैंक तथा वित्तीय संस्थाहरु   र शेयर कारोबार आजदेखि खुल्ने भएकाे छ ।

दशैंका लागि बन्द भएका बैंक तथा वित्तीय संस्थाहरु विजयादशमीको तेस्रो दिन आजदेखि खुल्न लागेका हुन् ।

कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका शाखाहरु बन्द भएका थिए । लामो समयदेखि बन्द बैंक तथा वित्तीय संस्था आजदेखि खुल्ने भएपछि भिडभाड बढी हुने सम्भावना रहेको बैंकका कर्मचारी बताउँछन् ।

कारोना भाइरसको संक्रमण फैलिएका कारण गत वर्षको दशैंमा भन्दा यस वर्षको दशैंमा बैंक तथा वित्तीय संस्था बढी समय बन्द हुन पुगेका हुन् । गत वर्ष दशैंको समयमा पनि फाट्ट फुट्ट खुलेका बैंक तथा वित्तीय संस्थाका शाखा यस पटकको दशैंमा खुलेनन् ।

दशैंअघि नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कार्यरत ३ हजार ७ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

आजैदेखि खुल्ने नेप्से निरन्तर बढेर १६०० अंक भन्दा माथि पुगेको छ । बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गर्न थालेकाले शेयर बजार अझै बढने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *