यसरी मनाए विदेशमा रहेका नेपालीले बडादशैं
नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन सोमबार विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाएर मनाइएको छ ।
कोरोनाको कहरबीच आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमीमा स्वदेश तथा विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाएका छन् ।
विदेशमा समेत नेपालीहरु भेला भएर मनाएका छन । टीका थाप्न मान्यजनको घरमा जान नसके पनि घरमा भेला भएर परिवारका मान्यजनबाट टीका थापेका छन् । हामीले विदेशमा रहेका नेपालीले टीका लगाएरको तस्बिरहरु उनीहरुकै सामाजिक संजालबाट संकलन गरेका छौं ।