छोरी जिस्काएको निहुँमा वडाअध्यक्षद्वारा युवालाई चरम यातना

रुपन्देहीको मर्चवार सम्मरीमाई गाउँपालिका-६ का वडाअध्यक्षले आफ्नो छोरी जिस्काएको निहुमा एक युवालाई चरम यातना दिएका छन् ।
वडाध्यक्ष सत्यनारायण केवटले छोरी जिस्काएको भन्दै सम्मरीमाई गाउँपालिका ६ पचपेडवामा २२ बर्षिय बब्लु केवटलाई आज बिहान कालोमोसो दलेर, जुत्ताको माला लगाएर पिट्दै गाउँ घुमाएका हुन् । वडाध्यक्षले पदको दुरुपयोग गर्दै आफैं युवकलाई सजायँ दिइरहेकोबारे नजीकै रहेको प्रहरी भने बेखबर थियो । प्रत्यक्षदर्शीले सूचना दिएपछि पुगेको प्रहरीले युवालाई उद्धार गरेको छ । वडाध्यक्ष र युवा दुवैलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरिक्षक अमृत भण्डारीले जानकारी दिनुभयो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *