युभेन्ट्सको टिममा रोनाल्डो परेनन्

युभेन्ट्सले बार्सिलोनासँगको खेलका लागि रोनाल्डोलाई समावेस नगरेको  २१ सदस्सीय टिममा घोषणा गरेको छ ।

यो सँगै युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनासँगको खेल गुमाउने पक्का भएको छ ।

समूह ‘जी’ मा रहेको युभेन्ट्सले समूह चरणको दोस्रो खेलमा आज राति बार्सिलोनासँग खेल्दैछ ।

कोरोनाको संक्रमण देखिएपछि रोनाल्डो अहिले सेल्फ आईसोलेसनमा बसेका छन् ।

नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो । त्यसपछि गरिएको परिक्षणमा समेत रोनाल्डोको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

युभेन्ट्सले बार्सिलोनाविरुद्ध दुई फरवार्ड पाउल डिबला र अल्भारो मोराटालाई टिममा राखेको छ ।

रोनाल्डोले च्याम्पियन्स लिगको पहिलो खेल समेत गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *