फ्रान्समा पुनः लकडाउन

फ्रान्समा फेरि लकडाउन भएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो वर्ष दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् ।

कोरोना भाइरस महामारीको सुरुमा युरोपमा अति प्रभावित हुने मध्येको फ्रान्समा मार्चमा पहिलोपटक लकडाउन भएको थियो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले टेलिभिजन सम्बोधन मार्फत शुक्रबारदेखि लागु हुने गरी पुनः लकडाउन गर्ने घोषणा गरेका हुन् ।

यो पटकको लकडाउन कम्तीमा नोभेम्बरको अन्त्यसम्म कायम रहने छ । लकडाउनमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ ।

रेस्टुरेन्ट, बारसहितका अत्यावश्यक भन्दा बाहिरका सेवा बन्द रहने छन्, तर विद्यालय र उद्योगहरु भने खुला हुने छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *