कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही २१ कात्तिकदेखि बस्ने भएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यस बैठकमा कांग्रेसका कार्यसमिति पदाधिकारी, केन्द्रीय समितिका सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरू उपस्थित हुनेछन् ।

कांग्रेसको १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा यसाे बैठक महत्वपूर्ण हुने बताइएको छ ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *