ट्रकको ठक्करबाट पैदलयात्रीको निधन

कैलालीको  धनगढीमा निर्माणाधीन मोहना-अत्तरिया ६ लेन सडकअन्तर्गत चटकपुरमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको निधन भएको छ ।

ना. ३ख ५५८५ नम्बरको ट्रकले  ठक्करदिँदा धनगढी उपमहानगरपालिका-३ संगम टोलका ६६ वर्षका वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।  ठक्कर दिने ट्रकका चालक फरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *