नेप्सेमा सामान्य गिरावट, कारोबार उच्च
यो साताको अन्तिम दिन अर्थात् दसैं पछिको दोस्रो दिनको कारोबारमा आज सामान्य गिरावट आएको छ हिजो १६४७.२५ अंकमा बन्द भएको शेयर बजार आज १.७८ अंकले घटेर १६४५.६७ बिन्दुमा बन्द भएको छ ।
अजको कारोबारमा ६ वटा सूचकहरु बढेका छन् भने ६ वटा सूचकहरु घटेका छन् । कूल ४१ हजार ९०९ कारोबारबाट १०३६५६०७ कित्ता शेयर खरिद बिक्री बाट तीन अर्ब ३ करोड ७६ लाख९४ हजार ८ सय पैतालीस रुपैया बराजबरको कारोबार भएको छ ।
नेप्सेमा सामान्य गिरावट आएपनि कारोबार रकममा वृद्धि भएको छ ।