२४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ९०४ पुग्यो

पछिल्लो २४ घण्टामा थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण  पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।

हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ३८ जना डिस्चार्ज भएका छन् । आजसम्म घर फर्किनेको संख्या १ लाख २४ हजार ८ सय ६२ जना रहेको छ । आज थप १७ जनाको मृत्यु भएको छ भने हालसमम्म मृत्यु हुनेको संख्या ९ सय ४ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *