सरकारी कार्यालय खुले, तर कर्मचारी न्यून

बुधबारबाट सरकारी कार्यालय खुलेपनि विहिबार समेत कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं विदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरू खाली देखिएका छन् ।

मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबाका मन्त्रालयहरु पनि सुनसान देखिएका छन् । यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरू पनि खालि देखिएका छन् ।
कोरोना जोखिमकाबीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ । दशैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरू कार्यालय आउन अन्योल भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *