कैलालीमा २९ जना जुवाडे पक्राउ, २ लाख ५१ हजार नगद वरामद

कैलालीको जोशीपुरबाट २ लाख ५१ हजार नगदसहित पक्राउ परेका २९ जना जुवाडेको नाम जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका २ का ५३ वर्षीय वीरराम डंगौरा, सोही ठाउँका ४६ वर्षीय चक्रबहादुर बिष्ट, वडा नम्बर ४ का ३५ वर्षीय चन्द्रप्रकाश चौधरी, वडा नम्बर १ बस्ने ४० वर्षीय प्रेम सिंह बम, वडा नम्बर २ का ३५ वर्षीय दिपेन्द्र मौनी, २१ वर्षीय सागर चौधरी, ४९ वर्षीय विनोद कुमार केसी, ४९ वर्षीय ज्ञानबहादुर बम, ३८ वर्षीय राम अवतार चौधरी रहेका छन् ।

यस्तै ३२ वर्षीय गंगालाल चौधरी, ३० वर्षीय बरातीलाल डंगौरा, ३४ वर्षीय रामबहादुर साउद, ४३ वर्षीय जंजीर चौधरी, ३० वर्षीय संजय चौधरी, २६ वर्षीय अर्जुन चौधरी, ४३ वर्षीय ठग्गुप्रसाद डंगौरा, ३५ वर्षीय तारा हमाल, ३५ वर्षीय यज्ञ बहादुर बिष्ट, ४२ वर्षीय दिर्घराज जोशी, ३५ वर्षीय देवराज उपाध्याय, २८ वर्षीय, बिमल कुमार चौधरी, १५ वर्षीय सुदन साउद, २९ वर्षीय टेत राम चौधरी, ३८ वर्षीय सन्तोष हमाल, ४० वर्षीय शिवराज बिनाडी, ३९ वर्षीय प्रकाश कोटकेनी, ३९ वर्षीय भिमबहादुर बम र भजनी नगरपालिका वडा नम्बर ६ का ३१ वर्षीय बिनायक चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *